रितिका शाहले जितिन मिस एसईईको उपाधि

रितिका शाहले जितिन मिस एसईईको उपाधि

काठमाडौँ, २ साउन ।
यो वर्षको मिस एसईई स्टारको चौथो संस्करणको उपाधि रितिका शाहले जितेकी छिन् । भवानी इन्टरटेनमेन्ट तथा ग्रेस इभेन्ट्सको संयुक्त आयोजनामा सम्पन्न ग्रान्ड फिनालेमा शाह एसईई स्टारको ताज पहिरिन सफल भएकी हुन् । 

उनले गिफ्ट ह्याम्परका साथमा मिस ट्यालेन्ट र बेस्ट ड्रेसको टाइटलसमेत जित्न सफल भइन ।

मिस एसईई ग्रेसको उपाधि भने मुस्कान नेवारले हात पारेकी छिन् । उनले मिस पर्सनालिटी र मिस पपुलरको टाइटल समेत जितेकी छिन् । यस्तै आकृति भट्टराईले फस्ट रनर अपको ताज पहिरिँदै मिस मल्टिमिडियोको टाइटल हात पारिन । 

सेकेन्ड रनरअपको उपाधिसहित विदिस्मा कुँवरले मिस फ्रेन्डसिपको टाइटल प्राप्त गरिन् ।