अन्तर्राष्ट्रिय स्तरमा नेपाल चिनाउन कुनै प्रयास बाँकी राख्दिन: मिस नेपाल जाेशी

अन्तर्राष्ट्रिय स्तरमा नेपाल चिनाउन कुनै प्रयास बाँकी राख्दिन: मिस नेपाल जाेशी

९ असार, काठमाडौ. । 
मिस नेपाल वर्ल्ड २०२२ की विजेता प्रियङ्का रानी जोशीलाई पुर्ख्यौली घरमा बाजागाजासहित स्वागत गरिएको छ । 

केही दिनदेखि लाजिम्पाटको पाँचतारे होटल र्‍याडिसनमा बस्दै आएकी उनलाई परिवार र आफन्तले बाजागाजासहित काठमाडौँ वडा नम्बर २९ मा रहेको अनामनगरस्थित जन्मघरमा स्वागत गरेका हुन् । 

सेतो रङको गाडीमा राष्ट्रिय झन्डा फहराउँदै गृह प्रवेश गर्नुअघि वडा नम्बर २९ का वडाध्यक्षले उनलाई स्वागत गरेका थिए । त्यसपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै प्रियङ्काले मिस नेपाल जिताउन आफूलाई भोट गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । 

“म हाम्रो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कुनै प्रयास बाँकी राख्ने छैन,” उनले भनिन्, “अबको तयारी मिस वर्ल्डको छ । यसका लागि जुटेरै लागिपर्नेछु र मिस वर्ल्डको ताज नेपाल ल्याउन एकदमै कोसिस गर्नेछु ।”