देशभक्तीको कथा समेटिएको 'पृथ्वीराज'को ट्रेलर सार्वजनिक

देशभक्तीको कथा समेटिएको 'पृथ्वीराज'को ट्रेलर सार्वजनिक

२७ वैशाख, काठमाडौं । 
अभिनेता अक्षय कुमार अभिनित चलचित्र 'पृथ्वीराज' को ट्रेलेर सार्वजनिक भएको छ । 

२०२२ को प्रतीक्षित चलचित्र मध्यको एक 'पृथ्वीराज' पनि हो जसमा अक्षय कुमार र पूर्वमिस वर्ल्ड मानुषी छिल्लर मुख्य भूमिकामा रहेका छन्। 

चलचित्र सम्राट पृथ्वीराज चौहान र राजकुमारी उपयोगिताको प्रेम कहानीमा चलचित्र बनेको बताइएको छ । 

चलचित्रमा इतिहास र देशभक्ती दुवै समेटिएको छ । चलचित्रको ट्रेलरमा अक्षय कुमार र मानुषीसँगै सोनु सुद पनि देखिएका छन् । चलचित्रमा आशुतोष राणा जयनन्द र मानव विज मोहम्मद गौरीको भूमिकामा छन् । 

चलचित्र डाक्टर चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेका छन्।