फिल्म उद्योग पुनर्जीवित गराइदिन अभिनेता अक्षयको अनुरोध

फिल्म उद्योग पुनर्जीवित गराइदिन अभिनेता अक्षयको अनुरोध

काठमाडौं, १४ असोज । 
कोरोना महामारीकै बीचमा चलचित्र छायाँकंन निस्केका बलिउड अभिनेता अक्षय कुमारले अभिनय गरेका चलचित्रमध्ये पाँच चलचित्र यसै वर्ष सार्वजनिक हुने तयारीमा छन् । 

उनै अभिनेता अक्षयले दर्शकलाई फिल्म हल फर्किन अनुरोध गरेका छन् । उनले हालै एक अन्तर्वार्तामा कोरोना महामारीको खराब समय नरहेको बताउदै दर्शकलाई फिल्म हलमा फर्किएर मनोरञ्जन उद्योगलाई पुनर्जीवित गर्न अनुरोध गरेका हुन् । 

गत डेढ वर्षदेखि आफु दर्शकलाई मनोरञ्जन दिन सहि समयको पर्खाइमा रहेको बताउदै अक्षयले भने  ‘यो वर्ष मेरो चार, पाँच फिल्म रिलिज हुँदैछ, यो राम्रो संकेत हो । स्थिति सामान्य भइरहेको छ । आशा गर्दछु यस्तै रहनेछ ।’ 

‘पछिल्लो डेढ वर्ष फिल्म उद्योगका लागि खराब समय रह्यो’ उनले थपे  ‘यो समय सबैले धेरै थरी नोक्सानी व्यहोरेका छन् ।’ 

यो वर्ष अक्षयले अभिनय गरेका  ‘सूर्यवंशी’, ‘पृथ्वीराज’, ‘बच्चन पाण्डे’, ‘रक्षाबन्धन’, ‘राम सेतु’ सार्वजनिक हुने तयारीमा रहेका छन् । उनका ‘ओ माई गड’, ‘अतरंगी रे’ अर्को वर्ष रिलिज हुने सम्भावना छ । 

पछिल्लो पटक सार्वजनिक भएको उनी अभिनित  ‘बेल बटम’ ले राम्रो व्यापार गरेको थियो भने दर्शकले अक्षयको अभिनयको तारिफ गरेका थिए।