८३ ले पहिलो दिनमै कमायो १५ करोड
११ पुस, काठमाडौं ।
अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको फिल्म '८३' दुई दिनअघि सिनेमाघरमा रिलिज भएको छ ।
चलचित्रले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
चलचित्रले रिलिजको पहिलो दिन बक्स अफिसमा करिब १५ करोडको कलेक्सन गरेको छ ।
तर, '८३' ले अक्षयकुमारको 'सूर्यवंशी', 'पुष्पा' र 'स्पाइडर म्यान नो वे होम' ले जस्तो रेकर्ड ब्रेक गर्न भने सकेन ।
Facebook Comments