देशभर २८२४ कोरोना संक्रमित थपिए, २३ को मृत्यु

देशभर २८२४ कोरोना संक्रमित थपिए, २३ को मृत्यु

काठमाडौं, १६ कार्तिक । 
नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ।

देशभर भएको १३ हजार २३ परीक्षणमा थप २ हजार ८ सय २४ जनामा संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३४ हजार ८४२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ ।