एमसीसी परिमार्जन गरेर पारित गर्ने नेकपाको निर्णय

एमसीसी परिमार्जन गरेर पारित गर्ने नेकपाको निर्णय

काठमाडौं, २६ भाद्र ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परिमार्जन गरेर संसदबाट पारित गर्ने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको लामो समयदेखि अड्किएको एमसीसी परियोजनासम्बन्धी विधेयक परिमार्जन गरेरै भएपनि संघीय संसद प्रतिनिधिसभाबाट पारित गर्ने निर्णय गरेको हो ।

नेकपा बैठकले वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको एमसीसी अध्ययन कार्यदलले दिएको सुझावअनुसार परिमार्जन गरेर संघीय संसद प्रतिनिधिसभाबाट पारित गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

एमसीसीमा कुन विषय संशोधन र परिमार्जन गर्ने भन्नेबारेमा भने खुलाईएको छैन् ।