लोप हुने अवस्थामा कृष्णसार
चैत ११, गुलरिया (रासस) ।
जिल्लाको गुलरिया नगरपालिका-२ खैरापुरमा रहेको विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार लोप हुने अवस्थामा रहेको छ ।
२०४३ सालसम्म कृष्णसारको सङ्ख्या ६०० थियो । अहिले कृष्णसारको सङ्ख्या १८४ मात्र रहेको छ । नेपालमा शिकार गर्न प्रतिबन्धित २६ वन्यजन्तुमध्येमा कृष्णसार पर्दछ ।
जनसङ्ख्या बढ्दै जानु ,जनघनत्वको चाप बढ्नु र अवैध शिकारका कारणले गर्दा यस वन्यजन्तुको संरक्षणमा चुनौती आएको ५ नम्बर प्रदेश सांसद तिलक शर्मा हिमालले बताउनुभयो ।
गुलरिया नगरपालिका-२ पटाहाखैरापुरमा २०३२ सालमा केवल पाँच वटा कृष्णसार फेला पािरएको थियो । त्यसमा दुई भाले तीन पोथी थिए । तिनलाई तत्कालीन शाही कर्णाली शिकार आरक्षले संरक्षण गरेको थियो । अहिले ७०८ बिघा क्षेत्रफलमा कृष्णसार रहने व्यवस्था गरिएको छ । यस कार्यका लागि करीव रु एक करोड ८० लाख खर्च गरिएको थियो ।
विश्व वातावरणीय सहुलीयत (जिइएफ) को सहयोगमा वातावरण बचाउन आन्दोलन सञ्चालन योजनाअन्तर्गत कृष्णसारको आहारका रुपमा मुसुरो तथा दलहन जातिका बाली लगाउने कार्य गरिएको छ ।
Facebook Comments