प्रधानमन्त्रीमा दावी पेश गर्न राष्ट्रपतिबाट आह्वान

प्रधानमन्त्रीमा दावी पेश गर्न राष्ट्रपतिबाट आह्वान
file photo

काठमाडौं, २८ वैशाख । 
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई वैशाख ३० गते  बिहीबारका दिन साँझ नौ बजेभित्र प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेकी छिन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेकी हुन् । 

राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका समर्थनमा प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष आफ्नो दावी पेश गर्न आह्वान गरिएको हो ।

यसअघि राष्ट्रपति भण्डारीबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम विसं २०७४ फागुन ३ गते नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले धारा १०० को उपधारा (१) बमोजिम आज प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने व्यहोरा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पेश गरेका थिए।