जोगिटारमा सुविधासम्पन्न हरितगृह पार्कको उद्धघाटन

जोगिटारमा सुविधासम्पन्न हरितगृह पार्कको उद्धघाटन
तस्विर : अर्जुन भुसाल

काभ्रे, २ वैशाख । 
काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० जोगिटारमा सुविधासम्पन्न हरित पार्क सञ्चालनमा आएको छ। 

प्रदेश,वन तथा स्थानीय तह तथा समाजसेवीहरुको सहयोगमा १८ लाख लागतमा सम्पन्न भएको पार्कमा चिल्ड्रेन पार्कदेखि पिकनिक स्पटसम्मका सुविधा रहेका छन।

१० रोपनी क्षेत्रफलमा फैलिएको उक्त सुविधासम्पन्न हरित पार्क नयाँवर्षको अवसर पारेर बाग्मती प्रदेशसभा सांसद लक्ष्मण लम्सालले उद्धघाटन गरेका हुन।

पार्कको उद्धघाटन गर्दै सांसद लम्सालले विकासनिर्माणमा सबै क्षेत्र र समुदायको समान सहभागिता र प्रतिवद्धता रहनुपर्ने बताए। लम्सालले आफुले चुनावका समयमा जनतासामु गरेका बाचा पुरा गर्न लागिपरेको दावी गरे। 

कार्यक्रममा जिल्ला वन कार्यालय काभ्रेका प्रमुख देवीचन्द्र पोखरेल, डिभिजन वन कार्यालय काठमाडौंका प्रमुख बद्रि कार्की, नगरप्रमुख टेक बहादुर वाईवा, उपभोक्ता समिति अध्यक्ष श्याम प्रसाद नेपाल, छिमेकी नगर पाँचखालका नगरप्रमुख महेश खरेल लगाायतको उपस्थिथि रहेको थियो।