‘प्रेमगञ्ज’ भदाै ३ मा प्रदर्शन हुने

‘प्रेमगञ्ज’ भदाै ३ मा प्रदर्शन हुने

२१ फागुन, काठमाडौं । 
कथानक चलचित्र 'प्रेमगञ्ज' को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र आउदो भदौ ३ मा प्रदर्शन हुने भएको छ । 

चलचित्र निर्माण टिमले शनिबार सार्वजनिक गरेको भिडियोमा नीर शाह, बिकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के खनाल लगायतका कलाकारले शुभकामना सहित प्रदर्शन मिति घोषणा गरिएको छ। 

यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दै छन् । चलचित्रमा तेज, बेनिशा हमाल बाहेक सम्पदा बानियाँ पबन भट्टराई, सुप्रिया खनाल, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ । 

फिल्ममा परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको छ । यस्तै, सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

यस अघि भ्यालेन्टाइनको दिन पारेर निर्माण टिमले चलचित्र सार्वजनिक गर्ने बताएपनि चलचित्र प्रदर्शनमा आउन सकेको थिएन् ।