श्रीलंकाको सरकारले अस्वीकार गर्याे एमसिसी

श्रीलंकाको सरकारले अस्वीकार गर्याे एमसिसी

१७ फागुन, काठमाडौं । 
श्रीलंकाको सरकारले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ।

यसअघि श्रीलंकाले एमसिसीको पुनरावलोकन गर्न समिति बनाएको थियो। उक्त समितिले आफ्नो रिपोर्ट बिहीबार प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई बुझाएको थियो।

उक्त प्रतिवेदनमा एमसिसीका केही प्रावधानले श्रीलंकाको संविधान र राष्ट्रिय सुरक्षालाई हानी गर्ने सुझाव दिइएको थियो।

प्रतिवेदनले दिएको सुझावअनुसार एमसीसी अघि नबढाउने निधो मन्त्रिपरिषदले गरेको छ । मन्त्रिपरिषद वैठकको प्रेस व्रिफिङमा बोल्दै सरकारका प्रवक्ता मन्दुला गुनवर्द्धनाले वर्तमान सम्झौता कार्यान्वयन नगर्ने निर्णय भएको बताए । ‘अन्तरिम प्रतिवेदनमा धेरै तत्वहरु समावेश छन् । सबैभन्दा पहिलो कुरा, सम्झौता नै अपारदर्शी तरिकले भएको छ,’ गुणवर्द्धनाले भने, ‘दोस्रो सम्झौतामा यस्ता परिच्छेदहरु छन् जसले श्रीलंकाको संविधान र अन्य कानूनको उल्लंघन गर्छन् ।’