गीतसङ्ग डराएकै हो त ओली सरकार ?

गीतसङ्ग डराएकै हो त ओली सरकार ?

                                                                                                             - कृष्ण ज्ञवाली

नाकाबन्दीको बेला भारत सरकारसंग नझुकेका के पी ओली र अहिलेको शक्तिशाली दुई तिहाईको सरकार पशुपति शर्माको गीतसङ्ग थर्कमान भएको छ ।

'लुट्न सके लूट' भन्ने नामको गीतले सरकारको मनोबल गिराएको छ भन्ने सरकारलाई लागेकोले गीत बन्द गर्नका लागि पशुपति शर्मालाई धम्कि आएको बुझिएको छ । सन्देशमुलक तथा व्यंग्यात्मक शैलीको गीतलाई सरकार, राजीनितिक दलका कार्यकर्ताले बन्द गर्नु कुनै पनि प्रजातान्त्रिक मुलुकका लागि शोभा दिदैन । इतिहासकै घुसखोरी काण्डमा नाम र दाम दुवै कमाउदा पनि निर्लज्ज सरकारको यस कायरतापूर्ण कदमप्रति खेद छ । शाहीकालको झल्को दिने यसप्रकारको सरकारको कदम कदापी प्रजातान्त्रिक हुन सक्दैन । गीत संगीतका तर्फबाट समाजलाई सुसुचित गर्नु एउटा अशल गायकको दायित्व हो । उक्त दायित्व निर्भाह गर्दै 'मलाई अमेरिका येही' गीतका सुपर्सिद्ध लोक गायकले यो गीतको रचना गरेका थिए । गीतको सार देशमा ब्याप्त भर्स्टाचारप्रति लक्षित छ । कमर्चारी, नेता लगायतका अख्तियारका कर्मचारी समेत भ्रस्टचारको कुकर्मका दिशातिर अगाडी बढ्नु मुलुकका लागि दुर्भाग्यपुर्ण तथा लज्जास्पद कार्य हो ।

सयौ किलो सुन पचाएको नेता तथा एयरपोर्टका कर्मचारीको गतिबिधि जगजाहेर छ । बिदेशमा रगत पसिना बगाएर कमाएको पैसाले आफ्नो परिवारलाई केहि उपहार ल्याएकोमा समेत सरकारको गिद्धदे नजर परेको छ । यो लूटतन्त्र नभई के हो त? यही लूटतन्त्रलाई गीत संगीत मार्फत व्यंग्यात्मक शैलीमा झटारो हानेका थिए गायक शर्माले । पशुपति शर्माले फेसबुकमा आफ्ना भनाई राख्दै गीत परिमार्जन गर्ने भन्दै हटाएको जानकारी गराएका छन् । तर परिमार्जीत गर्नुपर्ने  कुनै त्यस्तो शब्द भए जस्तो लाग्दैन । 

अनुहारभरि भर्स्टाचारको मुकुण्डो लगाएको सरकारको यो शैली येदि सरकारका दबाबका कारणले गर्दा भएको हो भने उत्तर कोरियाको तानाशाहीतन्त्रको अभ्यास हो भन्दा फरक नपर्ला । ईतिहासकै शक्तिशाली सरकार र अत्यन्तै कमजोर प्रतिपक्ष हुनुको कारणले गर्दा पनि देशमा सरकारको एकतर्फी चरमलूट भएको जस्तो प्रस्टै देखिन्छ । यहि लूटको ढाकछोप गर्ने एउटा कुचेस्टा हो । खैर, यसको राज के हो भन्ने कुरा प्रस्टरुपमा अझै बाहिर आइसकेको छैन । जे होस, जाबो एउटा गीतबाट डराएकै हो त यो सरकार ?