पीपीएल क्रिकेटः फाइनलमा पुगे चितवन र विराटनगर

पीपीएल क्रिकेटः फाइनलमा पुगे चितवन र विराटनगर

१० पुस, पोखरा
पोखरा क्रिकेट मैदानमा भएको इलिमिनेटरमा बुटबल बलनास्टर्सलाई २१ रनले पराजित गर्दै विराटनगरले चितवनसँग फाइनल भेट पक्का गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको विराटनगरले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटबलले २० ओभर पूरा खेल्दै १० विकेट गुमाएर १ सय ४४ रन मात्रै बनाउन सक्यो ।

बुटवलका लागि भीम सार्कीले ४४ तथा अफ्ताबूदिन अहमेदले ४३ रन तथा पुरन बिकेले १५ रन जोडे। यता, विराटनगरका शाहब आलम र पुनित मेहेराले समान ३–३ विकेट लिए । 

विराटनगरका लागि सुनिल धमलाले अर्धशतकीय पारी खेले । धमलाले ५४ बलको सामना गर्दै २ छक्का र ४ चौकाको मद्दतमा ६१ रन बनाए । यस्तै कप्तान प्रदिप ऐरीले अविजित ३३ रन बनाउँदा जैद आलमले २०, रन बनाए । 

बुटवलका हर्ष टंकले २ विकेट लिए । यस्तै ललित भण्डारी र अविनास बोहराले समान १–१ विकेट लिए ।

लिगको शीर्ष स्थानमा रहेको चितवन राइनोज यसअघि नै फाइनलमा पुगिसकेको छ । 

लिगमा  दोस्रो स्थानमा रहदै प्ले इलिमिनेटरमा पुगेको बुटवलको विराटनगरसँग पराजीत भएपछि यो सिजनको पीपीएल यात्रा समाप्त भएको छ।अब शनिबार चितवन र विराटनगर पीपीएलको उपाधिका लागि भिडन्त हुनेछ ।