करातेका मण्डेकाजी श्रेष्ठले बनाए दोहोरो स्वर्णको कीर्तिमान

करातेका मण्डेकाजी श्रेष्ठले बनाए दोहोरो स्वर्णको कीर्तिमान

काठमाडौं, १६ मङ्सिर
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा करातेको व्यक्तिगत पुरुष एकल कातामा नेपालका मण्डेकाजी श्रेष्ठले  नेपाललाई दास्रो स्वर्ण जिताएका छन् ।  

काठमाडौं सातदोबाटोस्थित  कराते हलमा सोमबार भएको उक्त खेलमा मण्डेले नेपालका लागी दास्रो स्वर्ण पदक जिताएका हुन् ।

पुरुष एकल कातामा पाकिस्तानी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका मण्डेले त्यतिमा मात्र रोकिएनन्, पुरुष टिम कातामा पनि नेपाललाई स्वर्ण दिलाउन सफल भए । मण्डेकाजीसँगै प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो ।

यससँगै उनले १३ औं सागमा दोहोरो स्वर्ण जित्ने पहिलो खेलाडी समेत बन्न सफल भएका छन् ।

१३औं सागमा बलियो मानिएको भारतले करातेमा भने सहभागिता जनाएको छैन ।