ट्रायथोलनमा नेपालकी सोनीले जिताईन पहिलो स्वर्ण

ट्रायथोलनमा नेपालकी सोनीले जिताईन पहिलो स्वर्ण

पोखरा, १६ मङ्सिर
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ट्रायथोलनको ईलाईट स्प्रिन्टमा  नेपालकी सोनी गुरुङले नेपाललाई पहिलो स्वर्ण जिताएकी छिन् ।

पोखरामा भएको महिला खेलमा ट्रायथोलनमा उनले दक्षिण एशियामा पावर मानिने भारतलाई पछि पार्दै स्वण पदक हात पारेकी हुन् । उनले निर्धारित ७५० मिटर पौडी, २० कि.मी. साइक्लिङ र ५ किलोमिटर दौड १ घन्टा १३ मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेकी हुन् । 

पौडीमा तेस्रो भएकी सोनी साइक्लिङमा दोस्रो भएकी थिइन् भने दौडमा पहिलो हुदै स्वर्ण हात पारेकी हुन्। साग अन्तर्गत ट्रायथोलनमा नेपालले जितेको यो पहिलो स्वर्ण हो । उक्त खेलको रजत र कास्य पदक भने भारतले जितेको छ ।

पुरुषतर्फ नेपालका बसन्त थारुले कास्य पदकमा चित्त बुझाएका छन् । उनले निर्धारित दूरी १ घन्टा ३ मिनट र ०६ सेकेन्डमा पुरा गरे ।