रोबटले  मृत्युअघि  नै  मृत्युको खबर दिएपछि

रोबटले  मृत्युअघि  नै  मृत्युको खबर दिएपछि

फागुन २६, एजेन्सी ।

अमेरीकाको क्यालिफोर्नियाको एक अस्पतालमा आई. सी. यु. उपचाररत ९७ वर्षिय मानिसलाई  एक रोबटले मृत्युअघि  नै  मृत्युको खबर दिएको छ । 

गत फागुन १९ आईतबार  ९७ वर्षिय अर्नस्टो क्विन्टानालाई  काइजर पर्मानान्टे मेडिकल सेन्टर  भर्ना गरेपछि स्क्रिनमा जडान गरिएको रोबटले रोग पत्ता लगाएर उपचार गरीरहेको थियो ।

उपचारका क्रममा रोबटले बिरामीको मृत्यु हुने खबर दिएपछि क्विन्टानाकी नातिनी आश्चर्य मान्दै भनिन, 'यदि उहाँको राम्रो समाचार दिनुहुन्छ भने ठिक छ, तर यदि तपाई उहाँको फोक्सो बिग्रिएको बताउनुहुन्छ  र उहाँलाई नमर्दा सम्म मर्फिन लगाइदिन्छु भन्नुहुन्छ भने यो काम मानिसबाट हुनुपर्छ न की रोबटबाट ।'

 क्विन्टानाको मंगलबार उपचारका क्रममा मृत्यु भएको हो । उनलाई मर्नुभन्दा २ दिन अगाडी मात्र उनका परिवारले उक्त्त अस्पताल पुर्याएका हुन् । उपचारको क्रममा नै रोबटले उनलाई मृत्यु हुने कुरा बताएको हो ।

अस्पतालका वरिष्ठ उपाध्यक्ष मिशेल गिस्कि हम्सले भने अस्पताल पुर्याउदा  नै बिरामीको अवस्था अत्याधिक असामान्य रहेका बताएका छन् ।

स्क्रिनमार्फत मानिसहरुसँग कुराकानी गर्ने टेलिप्रेन्स रोबटहरुको प्रयोग विश्वभरका अस्पतालमा लोकप्रिय बन्दै गइरहेको छ । जापनमा पनि वृद्धवृद्धाको सेवाको लागी यस्ता रोबटको प्रयोग बढाएको छ ।