नेकपा प्रवक्ताको जवाफ - 'अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गरौँ'

नेकपा प्रवक्ताको जवाफ - 'अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गरौँ'
नेकपा प्रवक्ताको जवाफ - 'अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गरौँ'

काठमाडौं, २४ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको संकटको निकासका लागि अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गर्न आग्रह गरेका छन् । 

स्थायी समिति बैठक तुरुन्त सुचारु गरेर शीर्ष तह र सचिवालयमा गृहकार्य गर्न प्रवक्ता श्रेष्ठले प्रस्ताव गरेका छन् ।

म फेरि जोड दिएर भन्छु, हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं । सबै बैठकमा उपस्थित भएर आ-आफना विचार राखौं र छलफल गरौं । त्यसबीचमा आवश्यकताअनुसार शीर्षस्थ नेताहरुको बीचमा र सचिवालयमा गृहकार्य गरौं,' उनले भनेका छन्, 'बैठकले पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णयअनुसार महाधिवेशनको तयारी गर्ने गरी निकास निकालौं ।'

 

प्रवक्ता श्रेष्ठकै शब्दमा

‪म फेरि जोड दिएर भन्छु ,हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं। सबै बैठकमा उपस्थित भएर आ-आफना बिचार राखौं र छलफल गरौं ।त्यसबीचमा आवश्यकता अनुसार शिर्षस्थ नेताहरु को बीचमा र सचिवालयमा गृहकार्य गरौं।बैठकले पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटी को निर्णय अनुसार महाधिबेशनको तयारी गर्ने गरी निकास निकालौं। यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहँकार र पुर्बाग्रहबाट माथि उठेर छलफल गरौं र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौ । पार्टी भित्रको बहस र अन्तर्सँघषलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाऔं ,ब्यक्तिको हार र जीतको बिषय होइन ।पार्टी , कम्युनिष्ट आन्दोलन ,देश र जनतालाई बिजयी बनाऔं ।ब्यक्तिगत आरोप ,प्रत्यारोप वा गालिगलौजका रुपमा होइन, बैचारिक,‬
‪सै ध्दान्तिक , राजनीतिक र प्रवृत्तिगत बिषयमा छलफल गरौं ।