नेकपा विभाजन भएमा देश संकटमा पर्छ : नेता रायमाझी

नेकपा विभाजन भएमा देश संकटमा पर्छ : नेता रायमाझी

अर्घाखाँची, २३ साउन ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले पार्टी फुट देशको हालत खराब हुने बताएका छन् ।  

प्रेस सङ्गठन नेपालले शुक्रबार सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका । आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति भए पनि सचिवालय बैठकमा अर्का अध्यक्ष दाहालले पाँच वर्ष अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भनी गरेको प्रस्ताव सर्वसहमतिले पारित भएकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने बताए।

नेकपा पार्टी स्थायी कमिटी सदस्य रायमाझीले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नुपर्नेमा नेताहरु पदीय भुमरीमा फसेकामा दुःख व्यक्त गर्दै पार्टीको अन्तरविरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेको बताए ।

पूर्वउपप्रधानमन्त्री रायमाझीले पाटी फुट्दा कस्तो हालत हुन्छ भन्ने हेर्न सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराईलाई हेरे मात्र पुग्ने बताए ।