लकडाउनबारे विज्ञसँग छलफल गरौँ : पूर्वप्रधानमन्त्री देउवा

लकडाउनबारे विज्ञसँग छलफल गरौँ : पूर्वप्रधानमन्त्री देउवा

२० साउन, काठमाडौं ।
पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनबारे विज्ञ डाक्टरसँग छलफल गर्न सुझाव दिएका छन् ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको बैठक सकेर निस्केका सभापति देउवाले पत्रकारहरूसँग कुराकानी गर्दै लकडाउन गर्न आवश्यकता छ वा छैन भन्ने कुरा पोलिटिसियनलाई थाहा नहुने र प्रधानमन्त्रीले डाक्टर तथा विज्ञसँग छलफल गर्नुपर्ने बताएका हुन्।

"लकडाउन त डाक्टरले विशषज्ञले गर्ने कुरा हो विज्ञसँग छलफल गर्नुस् उनीहरूलाई थाहा हुन्छ भनेको छु," उनले भने, ‘पोलिटिसियनलाई बोलाएर छलफल गरेर के काम?"

ओलीलाई दिएको सुझावबारे बताउदै देउवाले भने, 'डाक्टरलाई विशेषज्ञलाई बोलाएर छलफल गरेर के के गर्नुपर्ने हो गर्नुस भनेको छु । मान्छेको जिन्दगी ठूलो कुरा हो नि । मैले त मान्छे नमरुन त्यै चाहाने हो।'

बोर्डरबाट आएका उद्दार गर्नुपर्ने बताउदै देउवाले भने, "बिरामीलाई आइसोलेनमा राख्नुस, पिसिआर बढाउनुस, क्वारिनटिनमा राख्नुस त्यो गर्नै पर्छ उनले भने यति गरेछौ उती गरेछौ भनेर हुदैन पिसिआर बढाउन पर्याे नि !"