संविधान संशोधन नभए आन्दोलनमा जान्छौं : उपप्रधानमन्त्री यादव

संविधान संशोधन नभए आन्दोलनमा जान्छौं : उपप्रधानमन्त्री यादव
तस्विर सौजन्य : Canadanepal

जेठ २१, धनगढी । 
समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए सङ्घर्षमा जाने बताएका छन् ।

समाजवादी पार्टीले आज धनगढी आयोजना गरेको प्रादेशिक अभिमुखीकरण कार्यक्रमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत रहेका यादवले संविधान संशोधनकै लागि सघाउन आफूहरु सरकारमा सामेल भएको बताए । उनले आफ्नो पार्टीले राखेका माग पूरा गर्नेतर्फ पहल नगरे सरकारबाट बाहिरिएर सदन र सडक सङ्घर्षमा जानुको विकल्प नरहेको प्रष्ट पारे ।
 
पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले सरकारले सङ्घीयताको सही ढङ्गबाट प्रयोग गर्न नसकेको आरोप लगाए । उनले वर्तमान सङ्घीय प्रणाली नै अवैज्ञानिक रहेको आरोप लगाए ।
 
नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरमको एकीकरणपछि बनेको समाजवादी पार्टीले देशमा विभिन्न ठाउँमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।