श्रीलंका बम विष्फोटको जिम्मा इस्लामिक स्टेटले लियो

श्रीलंका बम विष्फोटको जिम्मा इस्लामिक स्टेटले लियो
तस्विर सौजन्य : lobelog

बैशाख १०, काठमाडौं (एजेन्सी) । 
तीन सयभन्दा बढीको ज्यान जाने गरि आइतबार श्रीलंकामो विभिन्न होटल र चर्चमा भएको शृंखलाबद्ध आत्मघाती बम विष्फोटको जिम्मा इस्लामिक स्टेटले लिएको छ।

घटनाको दुईदिनपछि इस्लामिक स्टेटले सुचना जारी गर्दै घटनाको जिम्मा लिएको हो । इस्लामिक स्टेटको समाचारसंस्था अमाकले मंगलबार जारी गरेको बुलेटिनमा आफ्ना लडाकुहरूले वम विष्फोट गराएको उल्लेख छ।

आइतबार श्रृंखलावद्ध ८ बिस्फोटमा परी ३ सय १० जनाको  मृत्य भएको छ भने पाँच सय जना घाइते भएका छन्।   मृत्यु हुनेहरूमा बेलायती, भारतीय र जापानी नागरिक पनि रहेको बताइएको छ।

श्रीलंका सरकार प्रवक्ताले घटनाका पछि अन्तर्राष्ट्रिय आतंकवादी समूहको हात रहेको बताएका थिए।