सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख रुपैयाँ नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख रुपैयाँ नाघ्यो

काठमाडौं, २१ साउन । 

नेपाली बजारमा सुनको मूल्य १ लाख रुपैयाँ नाघेको छ ।

हरेक दिनजसो नयाँ रेकर्ड कायम गरिरहेको छापावाल सुनको मूल्य आज १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

आज मात्रै १६ सय रुपैयाँले सुनको मूल्य बढेको छ । हिजो छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो ।

तेजावी सुन आज मूल्य बढेर १ लाख ९ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य १२९५ रुपैयाँ पुगेको छ ।