यूट्यूवमा १० करोड पटक हेरिने पहिलो नेपाली गीत बन्यो कुटुमा कुटु

यूट्यूवमा  १० करोड पटक हेरिने पहिलो नेपाली गीत बन्यो कुटुमा कुटु

बैशाख १०, काठमाडौं । 
चलचित्र ‘२ रुपैयाँ’ को गित 'कुटुमा कुटु सुपारी दाना' यूट्यूवमा  १० करोड पटक हेरिने पहिलो नेपाली गीत  बनेको छ । 

राजनराज सिवाकोटीद्वारा संगीतवद्ध ‘कुटुमा कुटु' १० करोड क्लवमा प्रवेश गरेको हो ।  कुनै पनि नेपाली गीत १० करोड क्लवमा प्रवेश गरेको यो पहिलोपटक हो ।

निश्चल बस्नेत, स्वस्तिमा खड्का र आसिफ साह अभिनित यस गीतमा राजनराजको शब्द, संगीत र स्वर रहेको छ भने उनलाई गायनमा मेलिना राईले साथ दिएकी छन् ।

गाउँदेखि शहरसम्म लोकप्रिय यस गीतले यूट्यूवमा सुरुदेखि नै आक्रामक भ्यूज प्राप्त गरिरहेको थियो ।

गीत १० करोड क्लवमा प्रवेश गरेपछि संगीतकार शिवकोटीले खुशी सेयर गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सबै दर्शक र स्रोताहरुलाई धन्यवाद दिएका छन् ।