राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सरकारले जनही ५ लाख नगदसहित सम्मान गर्ने

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सरकारले जनही ५ लाख नगदसहित सम्मान गर्ने
तस्विर सौजन्य : nepali sansar

माघ २२, काठमाण्डौ । यूएईविरुद्धको एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सरकारले जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले यूएईविरुद्धको एक दिवसीय र टी–२० अन्तराष्ट्रिय क्रिकेट श्रृखंला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिनुभयो ।

मंगलबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले सरकारले खेलाडीहरुको योगदानको उचित सम्मान गर्न त्यसको पूर्वाधार विकासमा जोड दिइरहेको पनि स्पष्ट पार्नु भयो ।मन्त्री विश्वकर्माले नयाँ पुस्तालाई पनि खेलकुद क्षेत्रमा आकर्षित गर्ने गरी खेलकुद क्षेत्रको विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

मन्त्री विश्वकर्माले नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकपछि अर्को सफलता हासिल गर्दै गएकोमा आभार पनि व्यक्त गर्नुभयो ।