देशै भरका न्यायालय दुई साता बन्द हुने

देशै भरका न्यायालय दुई साता बन्द हुने

७ चैत्र, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम कम गर्न देशभरका न्यायालयको काम कारबाही दुई साता बन्द हुने भएको छ । 

शुक्रबार बसेको सर्वोच्चको‘फूल कोर्ट’ ले  गरेकाे निर्णय अनुसार सर्वोच्च अनुसार बन्दी प्रत्यक्षीकरणका निवेदनबाहेक अरु मुद्दाको काम कारबाही कम्तिमा दुई साताका लागी स्थगित भएको छ ।

सर्वोच्च अदालत, विषेशसहित देशभरका उच्च अदालत, जिल्ला अदालतहरु लगायतका विभिन्न न्यायाधीकरणहरुको काम कारबाही समेत चैत २१ गतेसम्म स्थगित हुने भएको छ ।