सुदूरपश्चिमका दुई जिल्लामा भीषण हावाहुरी : २ दर्जन बढि घाईते

सुदूरपश्चिमका दुई जिल्लामा भीषण हावाहुरी : २ दर्जन बढि घाईते

जेठ २३, धनगढी । 
सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा बिहीबार साँझ भीषण हावाहुरी आउँदा व्यापक क्षति भएको छ ।

बिहीबार राति ८ बजेतिर कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा भीषण हावाहुरीका कारण कम्तीमा २ दर्जन भन्दा बढि मानिस घाइते भएका छन्।

करिब  आधा घण्टासम्म आएको हावाहुरीका कारण  घर टहराको छाना उठेको छ भने ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेका छन्, बाटो अबरुद्ध बनेको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरूको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।