अख्तियारका थप २० कर्मचारीमा कोरोना सङ्क्रमण

अख्तियारका थप २० कर्मचारीमा कोरोना सङ्क्रमण

काठमाडौं, २२ साउन । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० जना कर्मचारीमा कोरोना (कोभिड–१९)को सङ्क्रमण देखिएको छ ।

मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको परिक्षण रिर्पाेट पोजेटिभ आएको सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

यसअघि आयोगमा १५ जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको थियो । 

सङ्क्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी रहेको जनाइएको छ ।

अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण बढेपछि महाशाखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँमा कोभिड–१९ परीक्षणका लागि स्बाव सङ्कलन गरिरहेको छ ।