सुनको भाउमा फेरि नयाँ रेकर्ड

सुनको भाउमा फेरि नयाँ रेकर्ड

१७ असार, काठमाडौं । 
सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । 

आज सुनको भाउ तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएसँगै सुनको भाउमा अहिलेसम्मकै नयाँ रेर्कड कायम भएको हो । 

यसअघि आइतबार र सोमबार सुनको भाउ तोलाको ९१ हजार  
 ३ सय रुपैयाँ रहेकोमा हिजो १ सय रुपैयाँ घटेको थियो । 

चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सुनको भाउ लगातार बढिरहदा बिवाहको सिजनामा पनि कारोबार नभएको ब्यापारीहरुको गुनासो छ ।