राष्ट्रिय सभा बैठक अनिश्‍चितकालका लागि स्थगित

राष्ट्रिय सभा बैठक अनिश्‍चितकालका लागि स्थगित

७ चैत्र, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम कम गर्न राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित भएको छ ।

शुक्रबार दिउँसो एक बजेका लागि तय भएको बैठक अगावै सुचना जारी गर्दैअर्को सूचना नभएसम्मको लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ।

यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

संक्रमणको जोखिम कम गर्न देशभरका न्यायालयको काम कारबाही पनि दुई साता बन्द हुने भएको छ ।