महावीर पुनको नेतृत्वमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना

महावीर पुनको नेतृत्वमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना

कात्तिक १, काठमाडौं । 
वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा निर्माण भएको ‘राष्ट्रिय आविष्कार केन्द्र’ को एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको सो केन्द्रको करिब आठ करोड रुपैयाँ बजेटमा निमार्ण गरीएको हो ।

नेपाली जनता र विदेशीहरूको सहयोगमा  निमार्ण गरीएको उक्त केन्द्र नयाँ–नयाँ सोच भएका युवाहरूलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका वस्तुहरूको उत्पादन गरेर व्यापारमा आवश्यक सहयोग गर्ने उद्देश्यका साथ केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए।

“नयाँ आविष्कारको क्षेत्रमा काम गर्न केन्द्रले शैक्षिक योग्यताको माग गर्दैन,” उनले भने, “नयाँ काम गरेर उद्यमी बन्न र रोजगारीको अवसर सृजना गर्ने कामका लागि आवश्यक बजेट र सामग्रीहरूको पनि सहायता गरिनेछ।”