स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिंगापुर प्रस्थान

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिंगापुर प्रस्थान
तस्विर सौजन्य : रिपब्लिका

साउन १८, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेका छन् ।

सिल्क एयरको उडानबाट शनिबार राति दश बजे प्रधानमन्त्री ओली एक साता स्वास्थ्य परीक्षणको सिलसिलामा सिंगापुर प्रस्थान गरेका हुन् । उनले सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’  मा स्वास्थ्य परीक्षण गराउने छन् ।

प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाहसमेत गएका छन्। उनी स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि सिंगापुरको अस्पताल गएका हुन्।

गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकले उनलाई सिंगापुर जान सुझाव दिएका थिए।

ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन्।