२५ हजार घुससहित पक्राउ परे वडाअध्यक्ष

२५ हजार घुससहित पक्राउ परे वडाअध्यक्ष

वैशाख १६, काठमाडौं । 
सप्तरीमा २५ हजार घुससहित वडाअध्यक्षलाई पक्राउ परेका छन् ।

सुरुङ्गा नगरपालिका वडा न. ५ का वडाअध्यक्ष शिल्टु मियाँलाइ जग्गा मोही छुटाउन सिफारिस गर्न सेवाग्राहीसंग २५ हजार घुस लिएको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले पक्राउ गरेको हो ।

आयोगको टोलीले मियाँलाई सोमबार बिहान आफ्नै वडाको एक काठ मिलबाट पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ ।

पक्राउ परेका वडाअध्यक्ष मियाँलाई आवश्यक अनुसन्धानपछि कारवाही गरिने आयोगले जनाएको छ ।