बुटवल सडक विस्तार कार्य तत्काल रोक्न अदालतको आदेश

बुटवल सडक विस्तार कार्य तत्काल रोक्न अदालतको आदेश

 वैशाख १६, बुटवल । 
बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक विस्तार कार्य तत्काललाई रोक्न अदालतले आदेश दिएको छ ।

बुटवलको सडक किनारका घरधनीहरूले सडक विस्तार कार्य तत्काल रोकी पाउँ भन्दै दोस्रो पल्ट अदालतमा निवेदन पेश गरेपछि निवेदन सुनुवाइ गर्दै तुलसीपुर उच्च अदालतको बुटवल इजलासले हाललाई सडक विस्तार रोक्ने आदेश दिएको हो।

तुलसीपुर उच्च अदालतको बुटवल इजलासका न्यायाधीशद्वय रमेश कुमार खत्री र गोकर्ण डाँगीको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

गतवर्ष वैशाख १२ गतेको दिन सोही मुद्दामा तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीशद्वय लोहित चन्द्र शाह र मुनेन्द्र अवस्थीको संयुक्त इजलासले नेपालको संविधान २०७२ सार्वजनिक सडक ऐन २०३१ र जग्गा प्राप्ति ऐन २०३४ अन्तरगत रहेर सडक विस्तार कार्य गर्न व्यापारिक मार्ग विस्तार आयोजनालाई आदेश दिएको थियो ।