डडेलधुरामा बस दुर्घटना हुदा ५ जनाको मृत्यु

डडेलधुरामा बस दुर्घटना हुदा ५ जनाको मृत्यु
तस्विर सौजन्य : onlinekhabar

बैशाख ११,  डडेलधुरा ।
डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ साहुखर्कमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । 

धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको बस बुधबार बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा ३ पुरुष र २ महिलाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा बझाङको केदारस्यूका–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, ५५ वर्षीय कल्सीदेवि गुरधामी, हरुली बोहरा, तल्कोट–४ का ४४ वर्षीय धनबहादुर घर्ती र २५ वर्षीय भारतीय नागरिक मोहमद नासिर रहेको प्रहरीले जनाएको छ । 

सडकबाट करिब १ सय मिटर तल खसेको उक्त बस दुर्घटनामा परि ३४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारमा लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ ।