अख्तियारद्वारा वन कर्मचारी घुससहित पक्राउ

अख्तियारद्वारा वन कर्मचारी घुससहित पक्राउ

चैत १५,काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले मोरङ जिल्लामा कार्यरत सहायक वन अधिकत सलाउद्दित अन्सारीलाई घुस लिएको आरोपमा रकमसहित आज पक्राउ गरेको छ । 

सव डिभिजन वन कार्यालय केराबारी मोरङमा कार्यरत अन्सारीलाई आज रु ३५ हजार रकमसहित डिभिजन वन कार्यालय विराटनगरको हाताभित्रबाट पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ ।

पक्राउ पछि नियन्त्रणमा लिइ अन्सारीमाथी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।