सिद्धबाबा दर्शनार्थीका लागि नि शुल्क धार्मिक बस

सिद्धबाबा दर्शनार्थीका लागि नि शुल्क धार्मिक बस

फागुन १८, बुटवल ।

सिद्धबाबा मन्दिर बिकास समितिले मन्दिरमा पुजा तथा दर्शन गर्न आउने भक्तजन र धार्मिक पर्यटकहरुलाई निशुल्क बस सेवा  सञ्चालन गरेको छ । 

समितिले आजदेखि बुटवल र आसपासका क्षेत्रबाट मन्दिरसम्म आउन जानका लागि त्यस्तो बस सञ्चालनमा ल्याएको हो ।

गत वर्षको महाशिवरात्रीबाट बचत भएको रकममा अन्य स्रोतबाट जुटाएर साढे २९ लाख रुपैयामा समितिले एउटा नयाँ बस खरिद गरेको छ ।

तत्कालका लागि हरेक दिन बिहान ५ बजे बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमा क्षेत्र योगिकुटीबाट पहिलो बस छुट्ने र त्यसपछी टाफिकचोकबाट प्रत्येक एक घण्टाका फरकमा मध्यान्ह १२ बजेसम्म बस छुटने गरी व्यवस्थापन गरिएको समितीले जानकारी दिएको छ ।  

बसमा भजन कृतन र सिद्धबाबा मन्दिरसहित धार्मिक प्रवचन श्रवण गर्ने व्यवस्था मिलाईएको छ ।मन्दिर विकास समितिले सुरु गरेको धार्मिक बसमा भक्तजन तथा पर्यटकले गाडी भाडा तिर्नुपर्ने छैन ।कसैले सहयोग गर्न चाहेमा बसमा दानपात्र राखिएको समितीले जनाएको छ ।