बार एसोसिएशनको नेतृत्वका लागि दुई प्यानलसहितको उम्मेदवारी दर्ता

बार एसोसिएशनको नेतृत्वका लागि दुई प्यानलसहितको उम्मेदवारी दर्ता
तस्विर सौजन्य : ApkDi

फागुन ६, काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएशनको नयाँ नेतृत्वका लागि दुई भिन्दा भिन्दै प्यानलको आज  मनोनयन दर्ता भएको छ ।

नयाँ नेतृत्वका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानून व्यवसायीको संगठन नेपाल लयर्स एसोसिएशन (एनएलए) को एक प्यानल र अर्को कांग्रेस निकट कानून व्यवसायीको संगठन डेमोक्र्याटिक लयर्स एसोसिएशन (डिलए) को प्यानल चुनाबी मैदानमा भिड्ने भएका छन् । 

डेमोक्र्याटिक लयर्स एसोसिएशन (डिलए) को तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले नेपाल बार एसोसिएशनको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने  नेपाल लयर्स एसोसिएशन (एनएलए) को तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले नेपाल बार एसोसिएशनको अध्यक्ष पदमा उम्मेदवार दिएका छन् ।

आ-आफ्नो प्यानलसहित उम्मेदवारी दिएपछि नेपाल बार एसोसिएशनको परिसरमा दुवै अध्यक्षले न्यायपालिका भित्रको भ्रष्टाचारलगायतका विकृति र विसंगतिको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल बार एसोसिएशनको नयाँ नेतृत्वका लागि आगामी चैत्र १६ गते शनिबार काठमाडौंमा निर्वाचन हुँदैछ ।