क्यान इन्फो  टेक मेलामा अवलोकनकर्ताको घुईचो

क्यान इन्फो  टेक मेलामा अवलोकनकर्ताको घुईचो

माघ १६, काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि  राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको सूचना प्रविधि मेला  २०१९ मा अवलोकनकर्ताको घुईचो लागेको छ ।  

२५औं संस्करणको  ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ईसेवा’ नाम दिइएको मेलाको दोस्रो दिनसम्म मात्रै १ लाख बढि मानिसले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । 

कुल १७५ स्टल रहेको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन् ।त्यसबाहेक मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, पावर सोलुसन्स, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायतका स्टल रहेका छन् ।

मेलामा बुधबारदेखि सुरु भएको रोबोट ब्याटल कम्पिटिसन रोबोटिक्स जोनमा मेलाको अन्तिम दिन आइतबार २० गते सम्म  रोबोट ब्याटल प्रतिस्पर्धा हुनेछ जसमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटहरु समावेश हुनेछन् ।

मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिहीबार बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ आयोजकले जनाएको छ।